होमपेज / समाज

छत्रेश्वरिमा १ सय ६५ जनाको स्वाब संकलन, ५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

  नबिन पौडेल २०७७ जेठ २४ गते शनिबार १८:५५:५८   ७४० पटक हेरिएको

नवीन पौडेल / २४ जेठ, सल्यान :
सल्यानको छत्रेश्वरि गाउँपालिकाले १ सय ६५ जनाको स्वाब संकलन गरेको छ।गाउँपालिकामा भारतबाट आएर क्वारेन्टीनमा बसेको १ सय ६५ जनाको शनिबार कोरोना भाइरस कोभिड-१९ को स्वाब संकलन गरिएको हो।

भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टीनमा बसेका १ सय ६५ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।संकलित स्वाबको पिसिआर परिक्षणका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयले 
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ पठाउने उनले बताए।

गाउँपालिकाले भारतबाट आएका हरुलाई त्रिभुवन जनता माबी भोटेचौर, शारदा क्याम्पस र शारदा माबी संखमुलका ३ वटा क्वारेन्टीनमा राखेको थियो।त्रिभुवन जनता माबीमा ७८ र शारदा क्याम्पसमा ८७ जनाको स्वाब संकलन गरिएको हो।जसमा १९ जना महिला र १ सय ४६ जना पुरुष रहेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरिदेबी भट्टराईले बताएकी छिन।

क्वारेन्टीनमा बसेका हरुको अबधी ५ देखि १२ दिन भएको छ।उनिहरु सबैको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ।पिसिआर रिपोर्ट नआउदा सम्म उनिहरुलाई क्वारेन्टीनमै राखिने बताएको छ।शनिवार गरिएको स्वाब संकलनमा आबस्यक पर्ने भिटिएम गाउँपालिकाले आफै खरिद गरेको हो भने,प्राबिधिक र अन्य सहयोग जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानको रहेको गाउँपालिकाले जनाएको छ।

 

५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ :
यस्तै गाउँपालिकाले ५० जनाको आरडीटि परिक्षण गरेको छ।
बाहिरी जिल्लाबाट आएका ५० जनाको आरडिटि विधि द्वारा परिक्षण गरिएको हो।परिक्षण गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ।आरडिटि गरिएका सबैजना गाउँपालिका द्वारा निर्माण गरिएका क्वारेन्टीनमा बस्दै आएका थिए।सबै जनाको रिपोर्ट नेगेटिभ आएपछी गाउँपालिकाले उनिहरुलाई घर पठाउने तयारी गरेको छ।आरडिटि परिक्षण गरिने कीट जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध बनाएको हो।गाउँपालिकाले सातै वडामा क्वारेन्टीन निर्माण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top