होमपेज / समाज
२२ जेठ, सल्यान :
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले त्रुटि भएको कोरोना संक्रमितको वितरण सच्याएको छ ।
गत १९ गते मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले निकालेको विज्ञप्तिमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ का नौ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । मन्त्रालयले आज बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै १७ र १९ वर्षका दुई जनाको भुलबस रिर्पोटिङ भएको जनाएको छ ।
यो सँगै बनगाड कुपिण्डे नगरपाकिामा ४२, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ गरी सल्यानमा संक्रमितको संख्या ५४ जना जना पुगेको छ।