होमपेज / समाज

कपुरकोट नाकामा आएका ६० जनाको रिपोर्ट नेगेटिभ,बबई नाकाबाट आएका हरुको परिक्षण भोलि सम्म हुने

  नबिन पौडेल २०७७ जेठ ८ गते बिहीबार १५:५२:१६   १८९० पटक हेरिएको

८ जेठ ,सल्यान :

भारतका विभिन्न ठाउबाट सल्यानको कपुरकोट नाकामा आएका ६० जनाको कोरोना भाइरस कोभिड १९ को आरडिटी रिपोर्ट नेगेटिभ आएको छ।भारतका विभिन्न स्थानबाट नेपालगञ्ज आएका सल्यानका नागरिकहरु आरडिटी तथा पीसिआर जाँच विनानै जिल्ला भित्रिए पछि कपुरकोट नाकामा परिक्षण गरिएको हो।

भारतबाट आएका ५८ जना र दुईजना चालक गरि ६० जनाको आरडिटी परिक्षण गरिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारि नारायण लामिछानेले बताएका छन।आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछी उनिहरुलाई सम्बन्धीत पालिकामा पठाउन लागिएको उनले बताए।परिक्षण पश्चात् रिपोर्ट नेगेटिभ आएतापनी पालिका हरुले बनाएका क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने सहायक प्रजिअ लामिछाने ले बताएका छन।

यता बबई नाकाबाट ३ सय ७९ जना जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेका अनुसार बबई नाका बाट  भित्रीएका सबैजना अहिले बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा आईपुगेका छ्न।
सल्लीबजारमा आएका सबैलाई बनगाड कुपिन्डे नगरपालिकाले बनाएका क्वारेन्टीनमा राख्ने तयारी भैरहेको उनले बताए।

बबई नाकाबाट भित्रीएका ३ सय ७९ जनाको कोरोना परिक्षण अहिलेसम्म हुनसकेको छैन।जिल्लामा परिक्षण सामाग्रीको समेत अभाब भएको छ।जिल्ला स्वास्थ्य सेवा कार्यालयको टोलि कोभिड १९ को परिक्षण्को सामाग्री लिनलाई सुर्खेत गएको र सामाग्री आएपछी भोलि सम्म उक्त ३ सय ७९ जनाको परिक्षण गरिने सहायक प्रजिअ लामिछानेले जानकारी दिए।भारतका विभिन्न स्थानमा रोजगारीका लागि झन्डै १८ हजार सल्यानी पुगेका छन्  । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top