होमपेज / समाज

कर्णाली प्रदेशमै पहिलो पटक दैलेखका ३५ वर्षिय युवकमा देखियो कोरोना

  तिखो खबर २०७७ जेठ ५ गते सोमबार २२:५५:३६   ४१६० पटक हेरिएको

५ जेठ सुर्खेत :
कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका छन्।
दैलेखको आठबीसकोट नगरपालिकाका १ का–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

साेमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि कोरोना भएको पुष्टि भएको हो। 

संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए।उनी आठविस नगरपालिका–१ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्। उनीसँग ३९ जना उक्त क्वारेन्टाइनमा रहेको बुझिएको छ। विभिन्न जिल्लामा कोरोना संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top