होमपेज / समाज

बाँँकेको एक क्वारेन्टाइनमा बसेका २५ वर्षिय युवकको मृत्यु

  तिखो खबर २०७७ जेठ ४ गते आइतबार १०:२७:१३   २७९० पटक हेरिएको

४ जेठ नेपालगञ्ज :

बाँकेको नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु भएको छ ।

बैशाख ३० गते भारतको मुम्बईबाट आएर वडा नम्बर ५ भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ नयाँ बस्तीका ती युवकको आइतबार  विहान पौने ७ बजेतिर मृत्यु भएको बताएको छ ।
उनीसहित त्यस क्वारेन्टाइनमा बसेका ३९ जनाको शनिबार स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ । 

रिपोर्ट  आएपछी मात्रै मृत्युको कारण थाहा हुने स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताएका छन। उनका अनुसार ती युवाले राति एक्कासी उल्टी गरेका थिए । विहान एम्बुलेन्स आउँदा आउँदै उनको मृत्यु भएको शाहले जानकारी दिए।

उनको स्वाब भेरी अस्पतालमा परिक्षणकै क्रममा रहेकाले रिपोर्ट आएपछि मात्र मृत्युको कारण एकिन हुने बताएको छ । नेपालगञ्जबाट स्वास्थ्य र सुरक्षाको टोली नरैनापुर गएको छ ।यसअघि उक्त क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखिएको थियो । उनीहरुको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top