होमपेज / समाज

दाङमा ३ जनामा कोरोना भाइरस पुष्टि

  तिखो खबर २०७७ जेठ २ गते शुक्रबार २२:०१:०७   २०९० पटक हेरिएको

२ बैशाख दाङ :
दाङमा ३ जना कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुकी बिज्ञप्ती जारि गर्दै दाङ लगायत बिभिन्न जिल्लाका ९ जना संक्रमित भएका छन् ।अव संक्रमित हुने संख्या शुक्रबार बेलुकी सम्म २ सय ६७ जना पुगेका छन् । 

दाङको गढवा गाँउपालिका वडा नम्वर ४ का २३ बर्षिय, ५ का ३४ बर्षिय र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ ३६ बर्षिय पुरुषमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जनाएको छ । दाङमा पहिलो पटक एकसाथ ३ जना कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । 

तुल्सिपुर उपमहानगर पालिका- ७ का कोरोना देखिएका भनिएका ब्यक्ति काठमाडौको एक हस्पिटलमा कार्यरत र काठमाडौमै रहेको नगर प्रमुख घनस्याम पान्डेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top