होमपेज / समाज
७ बैशाख सल्यान :
छत्रेश्वरि गाउँपालिकाको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ।गाउँपालिकालाई आईतबार थप २१ हजार रुपैयाँ सहयोग प्राप्त हो।
(कोभिड १९ )को रोकथाम तथा अति बिपन्न बर्गका नागरिक हरुलाई राहत दिन गाउँपालिकाले स्थापना गरेको (कोरोना बिपत राहत कोष)लाई खड्कदेबि सेवा समाज दोहा कतार बाट उक्त रकम प्राप्त भएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।
सेवा समाजबाट पठाएको रकम छत्रेश्वरि ३ का राजाराम सुनुवारले गाउँपालिका कार्यालयमा पुगि अध्यक्ष सन्तोष केसिलाई हस्तान्तरण गरेका हुन।वैदेशिक रोजगारीका शिलसिलामा कतारको राजधानी दोहा पुगेका छत्रेश्वरि ३ का केही ब्यक्तीहरुले खड्कदेबि सेवा समाज नामक सामाजिक संस्था खोलेका हुन।सामाजिक कार्य गर्न र त्यहा रहेका नेपाली हरुको हकहितका निम्ति उक्त समाजको स्थापना गरिएको बताएको छ।
सरकारले कोरोना भाईरसको रोकथाम गर्नका निम्ति लकडाउन गरेपछी
आर्थिक अबस्था कमजोर भएका र दैनिक मजदुरी गर्ने ब्यक्तीहरु मर्कामा परेको उनिहरुलाई सहयोग गर्न आफुहरुले गाउँपालिका लाई आर्थिक सहयोग गरेको गरेको सेवा समाजले जनाएको छ। हामिले घरबाट परदेशिएर श्रम गरि पठाएको उक्त रकमले लकडाउन अबधिभर छत्रेश्वरिका केही परिवारको छाक टार्न मद्धत गर्ने सेवा समाजमा आवद्ध हरुले बताएका छन।
समाजले पठाएको रकम बुझ्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले
सेवा समाजलाई धन्यवाद दिदै उक्त रकमबाट पालिका भित्रका केही अतिबिपन्न तथा दैनिक मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिने बताए।हामिले राहत बितरण गरिरहेका छौ"लकडाउन लम्बियो भने दोश्रो चरणमा समेत राहत बितरण गर्छौ उनले भने"।
रोजगारीको शिलशिलामा त्यहा पुगेरपनि आफ्नो समाजलाई भोकै रहन नदिनको निम्ति सक्दो सहयोग गर्नु भो"त्यो नै सबैभन्दा ठूलो धर्म हो उनले भने।
अध्यक्ष केसिले गाउँपालिकाले राहत कोषमा आफुले सक्दो सहयोग गर्न नागरिक हरुलाई अपिल समेत गरेका छन।