होमपेज / समाज

घाँँटिमा मासु अड्किएर सल्यानमा एक जनाको मृत्यु

  तिखो खबर २०७७ बैशाख ७ गते आइतबार ११:४८:२५   ९६५० पटक हेरिएको

७ बैशाख सल्यान :
घाँटीमा मासु अड्कीएर सल्यानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ का ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राती सोही वडाको सल्यानचौर स्थित स्थानीय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका उहाँको आइतवार बिहान तीन वजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्कीएको थियो ।

मासु अड्केपछि उपचारका लागि आइतबार विहान अस्पताल पुर्याउने वित्तिकै डाक्टरले कामीलाई  मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।कामीको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top