होमपेज / समाज

आरडिटि परिक्षण गर्दा मुगुमा एक जनाको रिपोर्टमा शंकास्पद देखियो

  तिखो खबर २०७७ बैशाख ४ गते बिहीबार १८:५२:२६   १८२० पटक हेरिएको

शिव कार्की /  ४ बैैैशाख मुगु :

मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा रहेका चार वटा स्थानिय तहहरु मध्य तिन वटामा गरेको ¥यापिड परिक्षण(RDT)मा एक जनाको रिपोर्टमा संकास्पद देखिएको छ ।

विहिवारसम्म जिल्लाका सोरु गाँउपालिकामा १३ जना,खत्याड गाँउपालिकामा ५५ जना,छायाँनाथ रारा नगरपालिकामा २२ जनाको ¥यापिड परिक्षण गरिएको र खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा विहिबार गरिको ¥यापिड परिक्षणमा एक जनाको रिपोट संकास्पद आएपछि शंकास्पद व्यक्तिको  स्वाव पिसिआर परिक्षणका लागी प्रदेश राजधानी सुर्खेत पठाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटिले जानकारी दिएका छन।

उनका अनुसार जिल्लामा प्राप्त १४० किड मध्य ९० वटा प्रयोग भैसकेको र अब ५० वटा किड मात्र बाँकी रहेको र जिल्लामा भारत तथा तेश्रो मुलकबाट आएकाको सख्या १६० जना पालिकाबाट प्राप्त भएकाले बाँकी रहेकाले किड अपुग हुने बताए।

¥यापिड परिक्षण मात्र अन्तिम परिक्षण नभएकाले एक जनामा संकास्पद रिपोट किडले देखाउदैमा आत्तिनु नपर्ने,शंकास्पद व्यक्तिको स्वाव पिसिआरबाट परिक्षण गरेपछि मात्र पोजटिप नै भएको भन्न सकिने र शंकास्पद व्यक्तिलाई स्वावको रिपोट नआउन्जेलसम्म रातापानी आईसुलेसनमा राखिने पनि डा. नगरकोटिले बताए । परिक्षण भएका ९० आरडिटी र ५ पिसिआर परिक्षणमा ९४ जनाको रिर्पोट नेगटिप आएको थियो ।

जिल्लामा यस अघि ५ जनाको स्वाव  परिक्षण गरिएको थियो भने विहिवार ¥यापिड परिक्षण गरिएका ९० जनाको सहित विहिबारसम्म ९५ जनाको परिक्षण भएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।

कोरोना भाईरस(कोभिड १९) नियन्त्रण,रोकथाम र उपचारमा सहयोगा पुगोस भनेर जिल्लासंग जाडीएका छिमेकी जिल्ला डोल्पा,जुम्ला,बाजुरा,हुम्ला र चिन तर्फका सिमानामा कडाई गरिएको र अन्तर गाँउपालिका प्रवेशमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top