होमपेज / समाज

छत्रेश्वरिमा राहत बितरणका लागि सहयोग आउने क्रम जारि

  नबिन पौडेल २०७७ बैशाख २ गते मंगलबार २०:३५:२९   ८२०० पटक हेरिएको

२ बैशाख,सल्यान :
छत्रेश्वरि गाउँपालिका सल्यानको कोरोना भाईरस राहत कोषमा सहयोग आउनेक्रम जारी रहेको छ।गाउँपालिकाले स्थापना गरेको कोषमा नगत र खाद्यान्नको सहयोग आउनेक्रम जारी रहेको हो।

सरकारले कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्न गरेको लकडाउनका कारण अति बिपन्न तथा दैनिक मजदुरी बाहेक अन्य विकल्प नभएका ब्यक्ती हरुका परिवार हरुलाई राहत दिनका निम्ति पालिकाले बनाएको कोषमा विभिन्न निकाए र ब्यक्तिहरुको सहयोग आउने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।

मंगलबार गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ५० हजार रुपैयाँ गाउँपालिकाको राहत कोषलाई दिएको छ।
गाउँपालिका अध्यक्ष सन्तोष केसि,प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्कालाई बैंकका शाखा प्रबन्धक प्रेम वलिले चेक हस्तान्तरण गरेका छन।बिपतमा परेकाबेला नगरिकलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरिएको बैंकका प्रबन्धक प्रेम वलिले बताएका छन।

यस्तै गाउँपालिकाको राहत कोषमा कुमारी बैंकले ५० हजार,मुक्तीनाथ बैंकले ५० हजार मूल्य बराबरको खाद्यान्न सामाग्री र सल्यान ग्यालरी ग्रुपले २३ हजार ५ नगत, ७ गत्ता चाउचाउ र ६ गोटा साबुन दिएको छ।
यस्तै प्रदेशसभा सदस्य गुलाब जंग शाह,युबानेता मनोज प्रधान र प्रमोद कुमार श्रेष्ठको संयुक्त टोलिले चामल २० बोरा,नुन २० प्याकेट र खाने तेल २० बोतल प्रदान गरेका छन।गाउँपालिकाको राहत कोषमा एलोबेट बोर्डिङ स्कुल छत्रेश्वरि ६ का संचालक नेब बहादुर रावत र प्रीन्सिपल टेक बहादुर बिष्टले १० हजार रुपैया,गाउँपालिकाको वडा नम्बर ५ निवासी बुद्दा केसिले ५ हजार रुपैयाँ र सिद्ध पोखरी सामुदायिक बन उपभोक्ता समिती लेखपोखराले ७ हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।

कर्णाली प्रदेस सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार भिम प्रकाश शर्माले 
कोरोना भाईरस उपचार परिक्षण गर्दा स्वास्थ्यकर्मीका लागि आबस्यक पर्ने सुरुक्षा कवज पिपिई १० थान गाउँपालिकालाई सहयोग गरेका छन।यस्त्तै छत्रेश्वरि गाउँपालिका ६ हाल किर्तिपुर निवासी नरेन्द्र रानाले १० थान पिपिई उपलब्ध बनाएको गाउँपालिका अध्यक्ष केसिले बताए।

गाउँपालिकाको राहत कोषमा रहेको रकमबाट खाद्यान्न खरिद गरि अति बिपन्न परिवारलाई राहत बितरण कार्य सुरु गर्नलागेको गाउँपालिकाले जनाएको छ।राहत बिरण गर्न वडाका जनप्रतिनिधि र राजनैतिक दलको सम्युक्त सम्यन्त्र मार्फत गाउँपालिका कार्यालयमा पेस भएका अति बिपन्न तथा दैनिक ज्यालादारी बाहेक अन्य बिकल्प नभएका ब्यक्ती र परिवार उपर कुनै दाबी बिरोध नपरेपछी गाउपालिकाले राहत बितरण कार्य सुरु गर्न लागेको अध्यक्ष केसिले बताएका छन।राहत बितरण पारदर्शी बनाउन र राहत पाउन योग्य ब्यक्तिले राहत पाउन भन्ने उद्देश्यका साथ प्रत्येक वडाका जनप्रतिनिधि र राजनैतिक दलको संयुक्त सम्यन्त्र बनाएको उनले बताए।

गाउँपालिकाले ४ जना सम्म रहेका परिवारलाई चामल २० किलो,दाल २ किलो,नुन २ प्याकेट र खाने तेल १ लिटर उपलब्ध बनाउने भएको छ।
यस्तै ४ जना भन्दा माथीको परिवारका लागि चामल २५ किलो,दाल ३ किलो,नुन ३ प्याकेट र खाने तेल २ लिटर दिने अध्यक्ष केसिले बताए।
राहत पाएका परिवार लाई १ महिना सम्म पुग्ने गरि खाद्यान्न सामाग्री राहत दिएको उनले बताए।गाउँपालिकाको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको भन्दै अध्यक्ष केसिले राहतको लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top