होमपेज / समाज

लकडाउन थपियो,बैशाख १५ गते सम्म कायम रहने

  तिखो खबर २०७७ बैशाख २ गते मंगलबार १५:३१:३४   २९९० पटक हेरिएको

२ बैशाख , काठमाडौ
 सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट सुरु लकडाउनलाई तेश्रो पटक बढाउने निर्णय गरेको हो।

एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।
आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top