होमपेज / समाज

लकडाउन बैशाख ३ गतेसम्मका लागि लम्बियो

  तिखो खबर २०७६ चैत्र २४ गते सोमबार १७:१०:०१   ३७३० पटक हेरिएको

२४ चैत्र काठमाडौं :

सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्मका लागी लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यो सहित लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै लकडाउन २५ गतेसम्म थपियो । तर यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवत जावतमा कडाइ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top