होमपेज / समाज

सल्यानमा भित्रने र बाहिरिने सार्वजनिक यातायातका साधनहरु बन्द

अटेरगरी निजिगाडिले यात्रु ओसारेमा नियन्त्रणमा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गरिने

  तिखो खबर २०७६ चैत्र १० गते सोमबार ०७:४६:५५   ३५६० पटक हेरिएको

नवीन पौडेल / १० चैत्र सल्यान :
सल्यान भित्रने र बाहिरिने सार्बजनिक यातायातका साधान हरु पुर्णरुपमा बन्द भएका छन।
कोरोना भाईरस (कोभिड-19) को सङ्क्रमन फैलिन नदिन उच्च सतर्कता अपनाउदै सार्बजनिक यातायातका साधानहरु आजदेखी पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आज सोमबारदेखि कुनैपनी यात्रुबहाक सवारी साधन जिल्ला बाहिर नजाने र प्रवेश नगर्न जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेपछी सल्यानमा रहेका यातायात प्रालिका काउन्टरहरु बन्द भएका हुन।

जिल्ला प्रहरी कार्यालय सल्यानले गरेको सूचना अनुसार सम्पुर्ण बुकिङ काउन्टर हरु बन्द गरेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्द कुमार राईले बताएका छन।जिल्लामा चल्ने सवारीसाधन बन्द गर्ने या नगर्ने विषयमा भने  केहिबेरमा बैठक बसेर निर्णय गरिने उनले बताए।

प्रहरिका अनुसार सल्यान भएर अन्य जिल्ला जाने यातायातका साधन पनि बन्द रहेका छन।कसैले अटेर गरि सार्बजनिक सवारीसाधन चलाएमा गाडी नियन्त्रणमा लिएर यात्रुहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मम वलिले बताएका छन।

साना निजि सवारी साधनले यात्रुहरुलाई जिल्ला भित्र वा बाहिर वसारपसार गरेको पाईएमा उक्त गाडी नियन्त्रणमा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गरिने निमित्त प्रहरी प्रमुख वलिले जानकारी दिएकाछन।
नियन्त्रणमा राखिएका उक्त गाडीहरु (क) श्रेनीका इलाका प्रहरी कार्यालयहरुमा एम्बुलेन्सको रुपमा राखिने बताएको छ।

कोरोना भाईरस लाग्ननदिन साबधानि अपनाउन अत्यावश्यक इमर्जेन्सी काम बाहेक घरभन्दा बाहिर ननिस्कन प्रहरिले अनुरोध गरेको छ।
जिल्लाको कपुरकोटनाकामा १६ हजार यात्रुमा गरिएको स्वास्थ्यजाचमा  जाजमा कोरोनाको कुनैपनी संक्रमण नदेखिएको प्रहरिले बताएको छ।

सार्बजनिक यातायात जिल्ला भित्रन र जिल्ला बाहिर जान नदिनकोलागि प्रहरिले सल्यान रुकुमको सिमाना खौला,दाङ सल्यान सिमाना राम्री,सल्यान सुर्खेत सिमाना गैरिबजार,रोल्पा सल्यान सिमाना खालिमा प्रहरि खटाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top