होमपेज / समाज

सल्यान अस्पतालमा २० शैयाको आईसोलेसन वार्ड निर्माण: उपकरण र जनशक्तिको अभाब

  तिखो खबर २०७६ चैत्र ८ गते शनिबार १७:०५:४४   १७२० पटक हेरिएको

८ चैत्र सल्यान :
  सल्यान जिल्ला अस्पतालमा २० आइसोलेसन वेड निमार्ण गरिएको छ । कोरोना भाईरस संक्रमितको उपचारका लागि अस्पतालमा २० वेड तयारी गरिएको अस्पतालले जनाएको छ । 

विश्वव्यापि रुपमा कोरोनाको त्रास बढी रहदा जिल्ला अस्पतालमा कोरोनाको लक्षण देखिने विरामी राख्न छुट्टै आइसोलेसन वार्ड निमार्ण गरिएको जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले बताए । 

सम्भावित जोखिम मध्यनजर गर्दै अस्पताल भित्र २० जनासम्म रहन सक्ने गरी आइसोलेशन कक्ष निमार्ण गरिएको डा. शर्माको भनाई छ । आइसोलेशन वार्डको व्यवस्था गरिए पनि उपकरण र जनशक्तिको अभाव भएको बताए ।

डा. संक्रमितको नजिक जानकको लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षाका लागि सामाग्रीको आवश्यकता रहेको बताए । उनले भने वार्ड त निमार्ण गरियो यदि डा. संक्रमितलाई चेकजाँच गर्न जानु पर्यो भने डाक्टरहरुले लगाउने (टाउको देखि खुट्टासम्म छोप्ने) लुगाको अभाव छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top