होमपेज / समाज

हत्याका आरोपीत बिक्की कारागार चलान

  तिखो खबर २०७६ चैत्र ५ गते बुधबार १७:५५:१८   ८७३० पटक हेरिएको

५ चैत्र दाङ :

हत्या अभियोग लागेका विबेक सिंह ठकुरी(बिक्की) कारागार चलान भएका छन।

झण्डै ९ महिना पहिले खुकुरी प्रहारबाट तुलसीपुर १२ कचिलाका रामबहादुर वलीलाई हत्या गरेको अभियोग लागेका विवेक सिंह ठकुरी विक्कीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

घटना पछि फरार रहेका विक्की मंगलबार दाङ देउखुरी जिल्ला अदालतमा आफै उपस्थित भएका थिए । मंगलबार बयान दिएका बिक्कीलाई आज न्यायाधिस रितेन्द्र थापाको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

खुकुरी प्रहारबाट गम्भिर घाईते भएका रामबहादुर वलीको उपचारका लागि लखनउ लैजाने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा ६ जनाको संलग्नता रहेको र विक्की मुख्य दोषि रहेको पिडित पक्षले आरोप लगाएका छन् ।
  
घटनामा संलग्न भएको अभियोगमा तत्कालै २ जना पक्राउ परेका थिए भने अन्य ३ जना अझै फरार सूचिमा रहेका छन् । उनिहरुको खोजी भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top