होमपेज / समाज

सल्यान बागचौर दुईका वडा अध्यक्ष सहित ६ जना बिरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दाएर

तिखो खबर २०७६ माघ ५ गते आइतबार २०:१०:५६ मा प्रकाशित     २९६ पटक हेरिएको

५ माघ काठमान्डौ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिकाका २ का वडा अध्यक्ष घनश्याम शर्मा बिरुद्ध भ्रष्टाचारको मुद्दा  दाएर गरेको छ।वडा अध्यक्ष शर्मा सहित ६ जना विरुद्ध आयोगले आईतबार विषेश अदालत काठमाडाैंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

जिल्लाको बागचौर नगरपालिका अन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मालाई समेत प्रतिवादी बनाएको छ । अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

त्यस्तै अख्तियारका अनुसार सब–इन्जिनियिर र सहायक सब–इन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको देखिएको छ ।

अख्तियारले सडक निर्माणका आयोजना समितिका ४ जना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अख्तियारका अनुसार सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकले नगरपालिकाका सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगको मिलेमतोमा झुटा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाएर अनियमितता गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले सब–इन्जिनियर  र सहायक सब–इन्जिनियर सँगै आयोजना निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकविरुद्ध ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो कायम गरी र बिगोअनुसारको जरिवाना मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । सब–इन्जिनियर योगि र सहायक सब–इन्जिनियर विष्टको हकमा १ वर्ष कैद र थप ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।

 

अख्तियार द्वारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०५ गते ।
---------------------------------------------------

भानुभक्त नि.मा.वि.धनचुली हुँदै चिल्ढाले सडक निर्माणमा बढी भुक्तानी भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनामा बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टले नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले बिना आधार अस्वाभाविक किसिमबाट बढी काम तथा लागत देखाउने, मनासिब कारण बिना शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने र झुट्टा बिल भरपाई बनाई सोबाट रू.७७,७७५।२२ को बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (क), (ग), (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टलाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम बिगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेतको मागदाबी लिएको ।

साथै भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.ले तत्कालीन सब-इन्जिनियर थमन योगी र असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टसमेतको मिलेमतोमा बदनियतपूर्वक सत्यतथ्यलाई लुकाई नभएको नगरेको कामलाई गरेको भनी झुट्टा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाउन लगाई, झुट्टा डोरहाजिरी फाराम पेश गरी नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याई आफूहरूलाई व्यक्तिगत रुपमा गैरकानूनी लाभ पुर्‍याउनका लागि साइटमा नगरे नगराएको कामको परिमाणको नापी गराई, झुट्टा बिल भरपाई तयार गरी/गराई पेश गरेको एवम् उक्त सडक निर्माण कार्यसम्पन्न भएपश्चात् राख्नुपर्ने उपभोक्ताहरूको बैठक नराखी बदनियतपूर्वक उपभोक्ताहरूको सम्झौता गर्दाको बैठकको उपस्थितिको नामावली भएको प्रतिलिपि बीचमा राखी उपभोक्ताहरूको बैठक राखेको र कार्य सम्पन्न भएको निर्णय गरेको समेत देखाउन उपभोक्ता समितिको कागजात गैरकानूनी तरिकाले हेरफेर गर्ने कार्यसमेत गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.लाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन मागदाबी लिएको ।

त्यसैगरी बागचौर नगरपालिकाको वडा नं. २ का वडाध्यक्ष घनश्याम शर्माले उक्त आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी १०० मिटर मात्र नयाँ ट्रयाक निर्माण भएको अवस्थामा बदनियतपूर्वक नभएको कामको समेत भएको भनी गलत लिखत तयार गरी सिफारिस गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निज वडाध्यक्ष घनश्याम शर्मालाई सोही ऐनको दफा ९ बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top