होमपेज / समाज

चर्चित संचारकर्मी रबि लामिछानेले सफाइ पाए

तिखो खबर २०७६ माघ ५ गते आइतबार १८:४०:४८ मा प्रकाशित     १५७ पटक हेरिएको

५/माघ
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी  रवि लामिछाने र युब राज कंडेल निर्दोष ठहरिएका छन्। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेको हो । 
न्यायाधीश हेमन्त रावलको इजलाशले उनलाई निर्दोष ठहर्‍याएको हो।

दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछानेसहित  युवराज कँडेल र नर्स अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। 
करिब ६ महिना पछि आइतबार मुद्दाको फैसला हुँदै तिनै जनाले सफाइ पाएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top