होमपेज / समाज

प्रदेश १मा चार जना राज्यमन्त्री थपिए 

तिखो खबर २०७६ माघ ५ गते आइतबार १६:३४:२७ मा प्रकाशित     ४८ पटक हेरिएको

माघ /५
बिराटनगर । प्रदेश नं. १ मा मन्त्रीपरिषद बिस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईले आईतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् । 

आईतबार थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङ्गाका अम्बिरबाबु गुरुङ, इलामका रामवहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन् । 
गुरुङलाई भौतिक पूर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top