होमपेज / समाज

गायिका आस्था रावत लाई पक्राउ गर्दै प्रहरी 

तिखो खबर २०७६ माघ ५ गते आइतबार १६:२५:२० मा प्रकाशित     ५८ पटक हेरिएको

माघ /५ 
काठमाडौँ । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतलाई प्रहरीले पक्राउ अनुमति पाएको छ । गायिका रावतलाई अभद्र व्यवहार कसुरअन्र्तगत मुद्दा चलाएर महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएको हो । 

आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो ।

सो ‘फुटेज’मा पनि महिला प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।
सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका अनुसार राउतले नै अभद्र व्यवहार गरेको दाबी गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top