होमपेज / समाज

जेसीज सल्यानको २०२० को अध्यक्षमा अधिकारी निर्वाचित

तिखो खबर २०७६ माघ ४ गते शनिबार १९:५७:०४ मा प्रकाशित     ६०७ पटक हेरिएको

माघ ४, सल्यान । 
सल्यान जेसीजको २०२० को अध्यक्षमा घनश्याम अधिकारी निर्वाचित भएका छन । श्रीनगरस्थित अधिकारी बन्धु पोलिक्लिनिकका संचालक अधिकारी आज भएको निर्वाचन बाट निर्बाचित भएका हुन।
निर्बाचित भएपछी अध्यक्ष अधिकारीले  जिल्लाका हरेक क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धि  समस्या भएका ठाउँको छ्नोट गरि निशुल्क स्वास्थशिविरलाइ प्राथामिकता दिने बताए । 
जेसीज बर्ष २०२० का लागि श्रीनगरमा शनिबार भएको साधारणसभाबाट ८ जना निर्वाचित भएका छन भने बाँकी ७ जनालाई मनोनयन गरिने निर्वाचन अधिकृत तथा त्रिभुवन नगर जेसीजका पुर्व अध्यक्ष दीपक शर्माले जानकारी दिए । 
श्रीनगरमा भएको साधारण सभामा उनले जेसीजले व्यक्तित्व र नेतृत्व विकास गर्ने भन्दै त्यसैबाट सामाजिक काम गर्न सकिने धारणा राखे ।
साधारणसभाबाट कार्यकारी उपाध्यक्षमा डम्बर केसी र सुरज वली, उपाध्यक्षमा मोहन डाँगी, हपिस भण्डारी, तारक बस्नेत र गंगाराम डिसी अनि सचिवमा गणेश वि.क चयन भएका छन । महासचिव लगायत ७ जनालाई अध्यक्षले मनोनित गर्ने जेसीज सल्यानले जनाएको छ । 
करिब तीन बर्ष अगाडि २०१७ सालमा निर्माण भएको सल्यान जेसीजको नेतृत्व यसअघि राजेन्द्र कुमार थापाले गरेका थिए । पदहस्तान्तरण कार्यक्रम आगामी माघ ११ गते गरिने र साधारणसभाबाट नयाँ सदस्यहरुलाइ जेसीजमा आवद्ध गराइएको जेसीजका संस्थापक सदस्य समेत रहेका दीपक कुमार बोहराले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top