होमपेज / समाज

गायिका आस्था रावतले पुलिसलाई फुलिस भनेपछि ,

तिखो खबर २०७६ माघ २ गते बिहीबार १३:५४:०७ मा प्रकाशित     २३२ पटक हेरिएको

काठमाडौ– गायिका आस्था रावतले आफुलाई विमानस्थलमा चेकिङ गर्ने क्रममा महिलाबाटै आफु दुर्व्यवहारमा परेको आरोप लगाएको छिन । बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले तँ तँ म म गरेका भन्दै सामाजिक संजाल फेसबुक बाट लाईभ भिडियो पोष्ट गरेकी हुन ।

 गायिका रावतले भिडियोमा , “एयरपोर्टमा चेकजांच गर्दा सभ्य भएर बोल्दा हुन्थ्यो नि मलाई तँ भन्दै ज्याकेट खोल्न लाएर के चेक गर्न खोजेको ? मैले चेक गर्न दिएकै थिए अब ज्याकेट खोलेर के चेक गर्न खोजेको ? यहि हो प्रहरीले जनतासंग बोल्ने तरिका ? कसरी हामी प्रहरीबाट सुरक्षित अनुभूति गर्ने यस प्रकारले ? यस्तो प्रहरीहरुको काम छैन जब सम्म जनतालाई सम्मान गर्दैनन् । जनतालाई तँ भन्ने अनि हामीले चाहि प्रहरीलाई सम्मान गर्नुपर्ने ? बोल्ने ढंग छैन भने प्रहरीमा बस्ने होईन ।

किलोका किलो सुन त्यहि एयरपोर्टबाट भित्रियो हेर्न सकेनौ अहिले हामी कलाकारलाई हेपेर ज्याकेट खोल्न लाएर के चेक गर्न खोजेको ?“पुलिसले आफनो बर्दिको सम्मान गर्न नसको र पुलिस होकि फुलिस हो भनेर प्रश्न गरेकि छन । उनिले एउटा कलाकारलाइृ त यस्तो ब्यबहार गर्छन भने अन्य सर्बसाधारण लाई कस्तो ब्यबहार गर्छन भनेर पनि प्रश्न उठाएकि छिन ।

पुलिस लाई गालिगरेका भिडियो भाईरल भएपछि गायिका रावतले पुलिसले सर्वसाधारणहरुसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस् । तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमि नरहोस् भन्दै माफि मागेकि छन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top