होमपेज / समाज

सल्यान दमाचौर स्वास्थ्यचौकीको एम्बुलेन्स दुर्घटना,चालक सहित ३ दिनको एक बच्चाको मृत्यु

तिखो खबर २०७६ मंसिर २१ गते शनिबार १८:०६:५७ मा प्रकाशित     ७८९ पटक हेरिएको

 २१ मंसिर सल्यान :

सल्यान छत्रेश्वरी गाउँपालिका स्थित दमाचौर स्वास्थ्य चौकिको एम्बुलेन्स लाइ ट्रकले ठक्कर दिदा एम्बुलेन्स चालक सहित ३ दिनका एक नबजात शिशुको मृत्यु भएकाे छ । 

शनिबार दिउँसो १ बजेतिर बाँकेकाे राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ जिरो प्वाइन्टमा विपरीत दिशाबाट आएको ट्रकले रा १ झ १६१ नम्बरको एम्बुलेन्सलाई  ठक्कर दिएपछि एम्बुलेन्स चालक छत्रेश्वरी गाउँपालिका १ दमाचौर सल्यानका २९  वार्षिय चित्र बहादुर सुनार र दाङ दंगिशरण गाउँपालिका ५ का ३ दिनका एक एक नबजात शिसुको ज्यान गएकाे प्रहरी चाैकी सम्सेरगंजले  बताएको छ।

नेपालगञ्जबाट सल्यान आउदै गरेको गाउँपालिका अन्तरगत दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाइ काठमाडाैंबाट महेन्द्रनगर जाँदै गरेकाे ना ८ ख ५४३२ नम्बरकाे ट्रकले ठक्कर दिदा २ जनाकाे मृत्यु भएको  समसेरगन्ज प्रहरीचौकिका प्रहरी जवान जितबहादुर बस्नेतले  जनाएका छन।

दुर्घटना बाट अन्य २ जना गम्भीरगम्भीर  घाइते भएका छन् ।
एम्बुलेन्समा सवार दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ५ का २४ वार्षिय तिलकराम खड्का र उनकी सुत्केरी श्रीमती २४ वार्षिया मालती खड्का गम्भीर घाईते भएको प्रहरिले बताएको छ।घाईते खड्का दम्पतीको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको बताएको छ।उनिहरु दुबैको टाउकोमा गम्भीर चोट लागेको प्रहरिले बताएको छ।

प्रहरी चौकीका अनुसार  मृतक ३ दिनका नबजात शिशु घाइते खड्का दम्पतीका छोरा हुन।खड्का दम्पतीले बच्चा बिरामी भएपछी आईसियु राखेर उपचार गराईसकेर घरतर्फ फर्कदै थिए।

शुक्रबार  सल्यानको दमाचौरबाट एकजना घाईतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top