होमपेज / समाज

लागू औषध अफिम सहित सल्यानमा दुई जना व्यक्ति पक्राउ

  तिखो खबर २०७६ मंसिर १९ गते बिहीबार १५:०३:३८   ६२९० पटक हेरिएको

१९ मङ्सिर सल्यान :
साढे २ किलो प्रतिवन्धित लागू औषध अफिमसहित सल्यानमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी २८ बर्षीय झक्कुप्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रशाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

अफिमको ओसार पसार र कारोवार गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १५ गते उक्त परिमानमा अफिमसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन।

राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नम्बर  ५ बाङ्गेलाखुरी बाट दाङतर्फ जाँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा लागू औषध अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी  खतिवडाले जानकारी दिए ।

पक्राउ परेका मध्य ४५ बर्षीय शर्मा सोही बसका चालक रहेको खुल्न आएको छ । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित लागुऔषध ओसार पसार तथा विक्रि वितरण गर्ने कार्यमा सम्लग्नता रहेको खुल्न आएको डिएसपी खतिवडाले बताए ।

पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत सल्यानमा २० दिनको म्याद थपाई अनुसन्धान सुरु गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top