होमपेज / समाज

बाग्लुङमा जिप दुर्घटना हुदा १४ जनाको मृत्यु

  तिखो खबर २०७६ मंसिर १७ गते मंगलबार १२:००:४२   ६९० पटक हेरिएको

१७ मङ्सिर बाग्लुङ :
बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । 

गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

दुर्घटनाबाट केही हराइरहेको बताएको छ । दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी बुर्तिबाङ  पठाएका छन् ।

दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन ।  घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top