होमपेज / समाज

सल्यान पेदिखोलाका ५ जनाको माटोको ढिस्कोले पुरिएर पोखरामा मृत्यु

तिखो खबर २०७६ मंसिर १५ गते आइतबार ११:२०:५८ मा प्रकाशित     १६२७ पटक हेरिएको

१५ मङ्सिर पोखरा :
कास्कीमा माटोको ढिस्कोले पुरिएर सल्यानका ५ जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा आइतबार बिहान ७ बजे माटोको ढिस्कोले पुरिएर सल्यानका ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सल्यानको बाघचौर नगरपालिका वडा नम्बर ४ पेदीखोलाका तोभान बस्नेत, खिमलाल वली, गणेश वली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी रहेको पोखरा महानगपालिका-२० का वडा अध्यक्ष  सीम गुरुङले जानकारी दिए।

पुरिएका तीन जनाको शव निकालिसकिएको भए पनि जीतबहादुर र जोगेन्द्रको शव निकाल्न बाँकी रहेको अध्यक्ष गुरुङले बताएका छन।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्। ती मजदुर सल्यानबाट कामका लागि पोखरा पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top