होमपेज / समाज

अर्घाखाँचीमा बस दुर्घटना हुदा १७ जनाको मृत्यु

तिखो खबर २०७६ मंसिर ११ गते बुधबार २१:१०:४४ मा प्रकाशित     ९९ पटक हेरिएको

११ मङ्सिर :

अर्घाखाँचीमा बस दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको हो।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको बताएको छ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको उद्दारमा खटिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइतेको उद्धार जारी रहेको छ।बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top