होमपेज / समाज

कार्यपालिका सदस्यको घरबाट दिनदहाडै नगद र सुन चोरी 

तिखो खबर २०७६ मंसिर ३ गते मंगलबार १७:०२:०१ मा प्रकाशित     १७४ पटक हेरिएको

३ मङ्सिर सल्यान :
सल्यानमा दिनदहाडै गाउँकार्यपालिका सदस्यको घरमा चोरी भएको छ ।

मंगलबार दिउँसो कपुरकोट गाउँ कार्यपालिका सदस्य शान्ता ओलीको घरबाट दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको हो ।

 कपुरकोट गाउँपालिका ६ स्थित कार्यपालिका सदस्य ओलीको घरमा कोही नभएको मौका छोपी अज्ञात समूह वा व्यक्तिले गहना र नगद चोरी भएको उनले जानकारि दिइन् । 

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कपुरकोटका ईन्चार्ज शसिराम जैशीले दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको खबर आएको र यस सन्दर्भमा प्रहरी टोलि खटाएर अनुसन्धान गरिरहेको जनाए । 

मंगलबार दिउँसो घरको ढोका खोलेको देखेपछि आफुहरुले भित्र रहेको बाकस हेर्दा उक्त बाकस समेत फोडेर नगद र सुन चोरी भएको थाहा पाएको घरमुली भोला ओलीले जानकारि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top