होमपेज / समाज

जनता बैंक श्रीनगर शाखा द्वारा छात्रवृत्ति प्रदान

तिखो खबर २०७६ मंसिर २ गते सोमबार २०:०१:१५ मा प्रकाशित     २६० पटक हेरिएको

२ मङ्सिर सल्यान :

जनता बैंक नेपाल श्रीनगर शाखाले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ।जिल्लाको श्रीनगरमा रहेको उक्त बैंकले एक कार्यक्रमका बिच सोमबार छात्रवृत्ति प्रदान गरेको हो।

शारदा नगरपालिका १५ मा रहेको त्रिभुवन जन माध्यमिक बिद्यालय माल्नेटामा अध्ययनरत दुइ जना गरिव तथा जेहेन्दार  बिद्यार्थीलाइ जनहि ५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।बिद्यालयमा अध्ययनरत कक्षा १० का छात्र नरेन्द्र नाथ र कक्षा ९ कि छात्रा सरस्वती न्यौपाने उक्त रकम बराबरको छात्रवृत्ति वितरण गरिएको जनता बैंक श्रीनगरका कर्मचारी गोबिन्द शर्माले बताएका छन।

सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षाको उन्नतिका लागी बैकले यस्ताखाले विभिन्न कार्यक्रम संचालन गरेको जनता बैक श्रीनगर शाखाका प्रबन्धक सुबोध ज्ञवालीले बताए।विद्यार्थीलाई  प्रदान गरिएको छात्रवृत्तिले पढाइ प्रती उत्प्रेरणा प्रदान गरी सुसस्कृत समाज निर्माणको लागि टेवा पुग्ने प्रबन्धक ज्ञवालीले बताए।

छात्रवृत्ति बितरण समारोहका प्रमुख अतिथी शारदा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष हिमेन्द्र बाबू सेजवालले जनता बैक श्रीनगर शाखाले १० हजार बराबरको छात्रवृत्तिको लागी आफ्नो वडा भित्रको  बिद्यालय छनौट गरिएको भैन्दै बैंक प्रती आभार प्रकट गरेका छन।

बिद्यालयका प्रधानाध्यापक वायु कुमार ब्राह्मणको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सहजीकरण उक्त बिद्यालयका शिक्षक युबराज रेग्मीले गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top