होमपेज / समाज

ट्याक्टर पल्टिँदा ३ जनाको मृत्यु

तिखो खबर २०७६ कार्तिक १५ गते शुक्रबार २०:०४:१३ मा प्रकाशित     १५४ पटक हेरिएको

१५ कार्तिक दाङ :

बनभोज खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा दाङमा तीन जनाको मृत्यु भएको छ । 

शुक्रबार दिउसो गढवा गाउँपालिका वडा नं ६ मनिकापुरबाट पिक्निक खाएर फर्कने क्रममा गढवा ५ कोईलाबासमा रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिदा दुर्घटना भएर तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

भैलो खेलेर संकलन भएको रकमले पिक्निक खाएर फर्कने क्रममा गढवा–कोईलाबास सडक खण्डको सोही स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताएका छन।

दुर्घटनामा परी मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ११ बर्षीया निनु पुन, सोही ठाउँकी १२ बर्षीया सीमा परियार, सोही ठाउँकै १२ बर्षीया सुनिता पुनमगर रहेको प्रहरीले बताएको छ ।

गम्भीर घाईते भएका उनीहरुको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरमा २६ जना सवार मध्य २३ जना घाईते भएका छन् । घाईतेहरुको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

जसमध्ये चारजना गम्भीर छन्, भने अन्य १९ जना सामान्य रहेका छन् । ट्याक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top