होमपेज / समाज

२ करोड ६७ लाख नगद सहित २५ जुवाडे पक्राउ

तिखो खबर २०७६ कार्तिक १० गते आइतबार १०:३८:३४ मा प्रकाशित     १२१ पटक हेरिएको

१० कार्तिक काठमाडौ :
काठमाडौंमा ठूलो रकम सहित २५ जना जुवाडे पक्राउ परेका छन।काठमाडौ महानगरपालिका- ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरिले जुवाको खालबाट २५ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित उनिहरुलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका जुवाडेहरु हाई प्रोफाईलका रहेको बताएको छ।
क्यासिनो किङका रुपमा चिनिएका बलराम सापकोटा सहित ठेकेदार र व्यावसायिहरु लाई जुवाको खालबाट पक्राउ गरिएको बताएको छ।उनीहरूलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top