होमपेज / समाज

सल्यानमा १३ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

तिखो खबर २०७६ कार्तिक ७ गते बिहीबार १७:२७:११ मा प्रकाशित     ४५१ पटक हेरिएको

७ कार्तिक सल्यान :
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी १३ बर्षपछि पक्राउ परेका छन।जिल्लाको त्रीबेणि गाउँपालिका( साबिक( काभ्रा ३ आरुचौरका डिलबहादुर पुन पक्राउ परेका हुन।

सोही ठाउँ बस्ने ३६ वार्षिय बम बहादुर बिकको हत्या गरेर फरार रहेका ७ जना मध्य डिलबहादुरलाई जिल्ला प्रहरि कार्यालय सल्यानले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय लुहाम बाट खटिएको प्रहरी टोलिले हत्यापछि फरार रहेका पुनलाई हिजो बुधबार लुहाम काभ्रा सडकखन्डको रामबजारबाट पक्राउ गरेको हो।

डिलबहादुर पुन सहितका ब्यक्तिहरु बम बहादुर विकको घरमा २०६३ साल कार्तिक ५ गते राती २ बजे गई विकलाई डर,त्रास,धम्की देखाई कुटपिट गर्दै घरबाट लगेपछि बम बहादुरको लास सोही वडाको बरढुङा स्थित खोलाको छेउमा भोलिपल्ट बिहान १० बजे भेटिएको प्रहरिले बताएको छ।

हत्या लगत्तै डिलबहादुर पुनको नाममा सोही ठाउँ बस्ने गाजली विकले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पुनलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान भैराखेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top