होमपेज / समाज

भाईटिकाको भोलिपल्ट सार्बजनिक बिदा

तिखो खबर २०७६ कार्तिक ७ गते बिहीबार १६:२१:३० मा प्रकाशित     १२३ पटक हेरिएको

७ कार्तिक काठमाडौ :
कार्तिक १३ गते सार्वजनिक विदा हुने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते भाइ टिकाको भोलिपल्ट सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उक्तदिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top