होमपेज / समाज

श्रीमतीको हत्या गरेर फरार अभियुक्त ६ वर्षपछि पक्राउ

तिखो खबर २०७६ कार्तिक ६ गते बुधबार १३:४८:५१ मा प्रकाशित     ३२७ पटक हेरिएको

६ कार्तिक दाङ :

श्रीमती हत्या गरेर फरार भएका एक जना अभियुक्त पक्राउ परेका छन।प्रहरिले ६ बर्षपछि अभियुक्तलाई पक्राउ गरेको हो।

दाङको लमही नगरपालिका ५ निवासी ३२ वार्षिय प्रदिप कुमार जयसवाललाई श्रीमतीको हत्या अभियोगमा प्रहरिले पक्राउ गरेको हो।

२०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार रहेका जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्का प्रहरी नायव उपरिक्षक बिनोदबिक्रम शाहले जानकारी दिएका छन्।

प्रकाउ परेका जयसवाललाई जिल्ला अदालत दाङले १८ वर्ष ८ महिना १९ दिनको सजाय तोकेको थियो। अदालतले फैसला गरेपछि उनी फरार भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top