होमपेज / समाज

चेकबुक सहित कोहलपुरमा ८ जुवाडे पक्राउ

तिखो खबर २०७६ कार्तिक ५ गते मंगलबार १९:४०:२४ मा प्रकाशित     २१६ पटक हेरिएको

५ कार्तिक कोहलपुर :

जुवाको खालबाट कोहलपुरमा ८ जना जुवाडे पक्राउ परेका छन।ईलाका प्रहरी कार्यालय कोहलपुरले जुवाखालबाट आठ जना जुवाडेलाई सोमबार राती पक्राउ गरेको हो।

कोहलपुर प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीको कमान्डमा गएको टोलीले सोमबार मध्यरातमा कोहलपुर १२ चपरगौडीस्थित सागर होटेलबाट आठ जना जुवाडेलाई पक्राउ गरेको हो।

प्रहरिले जुवाडेको साथबाट १ लाख २२ हजार ३ सय ३५ रुपैयाँ बरामद गरेको छ।विशेष सूचना पाएर गएको प्रहरी टोलीले जुवाडेहरुको साथबाट दुई थान चेकबुकसमेत बरामद गरिएको डिएसपी हेम बहादुर शाहीले बताएका छन।

पक्राउ परेका आठै जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने डिएसपी शाहीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top