होमपेज / समाज

चितवनमा कुटिए ज्ञानेन्द्र शाही

तिखो खबर २०७६ आश्विन ११ गते शनिबार १६:१४:५२ मा प्रकाशित     ३२७ पटक हेरिएको

११ असोज चितवन :

नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । 

अभियानले चितवनको चौबिसकोठीमा राखेको कार्यक्रममा सहभागी हुन चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण गरिएको हो । त्यसलगत्तै उनीमाथि कुटपिट भएको हो । कुटपिटबाट शाही घाइते भएका छन्।

शाहीलाई प्रहरीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरिले बताएको छ । शाही समर्थकहरुले आक्रमण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले गरेको दाबी गरेका छन् ।

केही साताअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो ।

 उक्त घटनाको केही दिनपछि शाहीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पनि उनीमाथि आक्रमण भएको थियो । यस क्रममा पनि उनलाई प्रहरीले उद्धार गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top