होमपेज / समाज

कपुरकोटमा अनुगमनलाइ प्रभावकारी बनाइने

तिखो खबर २०७६ आश्विन ७ गते मंगलबार १९:२९:३३ मा प्रकाशित     २२९ पटक हेरिएको

७ असोज सल्यान :
सल्यानको कपुरकोट गाउँपालिका, २ स्थीत रहेको विरेन्द्र माध्यामिक विद्यालयमा ४ कोठे पक्की भवन निर्माण भएको छ । कक्षा कोठाको अभावमा पठनपाठन प्रभावित हुँदै आएकोमा अव केहि सहज हुने विद्यालयले जनाएको छ । 

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ओम बहादुर बुढाले शिक्षा विभाग अन्तर्गत गाउँपालिकाको दायीत्वमा आएको बजेटबाट भवन निर्माण गरिएको जनाए । ३६ लाख रुपैयाँको लागतमा ४ कोठे विज्ञान भवन निर्माण भएको हो । उक्त भवनको मंगलबार कपुरकोट गाउँपालिकाले अनुगमन गरेको छ । 

अनुगमन समितीका संयोजक तिला बुढा मगर सहित प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओली, इन्जीनियर भुपेन्द्र यरी लगाएतको टोलिले भवन अनुगमन गरेको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओलिले गाउँपालिकाले योजना तथा कार्यक्रम अनुगमनको पाटोलाइ प्रभावकारि बनाउने बताए । 

कुनै पनि योजना दिगो, भरपर्दो र पारदर्शि बनाउन आवश्यक रहेकोमा जोड दिदै उनले स्वयम उपभोक्ताले पनि निगरानि बढाउनुपर्ने बताए । 

कपुरकोटमा ३० जना क्षयरोगीका विरामी

सल्यान कपुरकोटमा ३० जना क्षयरोगीका विरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ । कपुरकोट गाउँपालिका स्तरिय क्षयरोग कोहर्ट विश्लेषण गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले ३० जना क्षयरोगीका विरामी रहेको विवरण प्रस्तुत गरे । 

फेला परेका ८५ प्रतिशत विरामीलाइ निको पार्न सफल भएको पनि उनले बताए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत अमर ओलीको विशेष उपस्थीतीमा क्षयरोग सम्बन्धी उपचार केन्द्र स्तरिय कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिकाभित्र रहेका क्षयरोगीहरुको अवस्था, पालिकाभित्र रहेका स्वास्थ्य चौकीबाट हुने उपचारको अवस्था, औषधिको पर्याप्तता, नियमित चेकजाँच तथा उपचारमा आइपर्ने समस्याका बारेमा गोष्ठीमा समिक्षा गरिएको स्वास्थ्य चौकी धनवाङका इन्चार्ज देवेन्द्र कुमार सेनले जानकारि दिए ।

 कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले क्षयरोगका बारेमा नागरिकहरुमाझ नियमित रुपमा चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन् । 

यस्तै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका अमर ओलीले गोष्ठीमा उपस्थीत पालिकाभित्रका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य इकाइ इन्चार्जहरुलाइ स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन गरे । सेवा प्रवाहको क्रममा कुनै पनि समस्या आएमा स्वास्थ्य शाखा मार्फत गाउँपालिकामा जानकारि गराउन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top