होमपेज / समाज

देशभरका उत्कृष्ट शिक्षकमध्य सल्यानबाट घर्ति

तिखो खबर २०७६ भाद्र २४ गते मंगलबार १९:०३:४२ मा प्रकाशित     २७२ पटक हेरिएको

२४ भदौ सल्यान :

शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरको भन्दै सरकारले देशभर छनोट गरेको १०१ उत्कृष्ट शिक्षकहरु मध्ये सल्यानबाट धर्मराज घर्ति छनोटमा परेका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १०१ शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेर नाम सार्वजनिक गरेको हो ।
 घर्ती निराजन माबी ढोरचौरका प्रधानाध्यापक हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top