होमपेज / समाज

मलाई ज्यानमार्ने धम्की आयो,गाउँपालिका अध्यक्षका छोरा डाङि

तिखो खबर २०७६ भाद्र १९ गते बिहीबार १७:५८:५७ मा प्रकाशित     २०९२ पटक हेरिएको

नवीन पौडेल /१९ भदौ सल्यान :
सल्यानको त्रीबेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाङीका छोरा पोखर सिङ डाङीले आफुमाथि गलत आरोप लगाएको बताएका छन।

आफ्नो ब्यक्तिगत कामको सिलसिलामा गाउँपालिकाको कार्यालय पुगेको भएतापनी आफु टेन्डर प्रक्रियामा सहभागी नभएको उनले तीखो खबरलाई बताएका छन।

डिल्लीराज खड्का १२ बजेर ५ मिनेट जादा टेन्डर हाल्न कार्यालय पुगेतापनी टेन्डर हाल्ने समय सकियपछी टेन्डर हाल्न नपाएको झोकमा उनले मलाई हातपात गरेको आरोप लगाएका हुन उनले" भने "।

नेपाल निर्माण ब्यबसाही संघ सल्यानका अध्यक्ष सहित निर्माण ब्यबसाहीहरुले बाहिरैबाट आपसि सहमतिमा माधब एण्ड महालक्ष्मी निर्माण कम्पनीलाई उक्त टेन्डरको काम मिलाईसकेको हुदा उक्त कार्यमा आफ्नो कुनैपनि सम्लग्नता नभएको उनले बताए।

आफू टेन्डर प्रक्रियाको कुनैपनी कार्यमा सहभागी नभएतापनी आफुलाई यति ठूलो आरोप लगाएकोप्रती डाङीले दुखेसो ब्यक्त गरे।


डिल्लीले सामिजिक संजालमा चरित्र हत्या गरे!

टेन्डरको विषयलाई लियर सामजिक संजालमा डिल्लीले मेरो चरित्र हत्या गरेको डाङीले बताएका छन।सामाजिक संजाल फेसबुकमा डिल्लीले मेरो चरित्र हत्या गरे उनले भने।

कुनैपनि ब्यक्ती संग कुनैपनी कुरामा चित्त नबुझे बसेर सरसल्लाह गर्न सकिने भयतापनि डिल्लीले मलाई फेसबुक मार्फत गलत शब्द प्रयोग गरेकोप्रती मलाई दुख लागेको" छ उनले तीखो खबरलाई भने"।

डिल्ली खड्काका आफ्नै दाजु लोकेन्द्र खड्का गत स्थानीय तहको निर्बाचनमा मेरा बुवा मान बहादुर डाङीसग साबिक नेकपा एमालेबाट चुनाब लडेर हारेका कारण मलाई फसाउन खोजिएको डाङीले बताए।

डिल्लीका दाजुले बुवा सग चुनाब लडेर हारेका कारण राजनितीक प्रतिशोधका टेकेर आफुलाई फसाउन खोजिएको उनले बताए।

मेरा बाबू मान बहादुर डाङीलाई खड्काले असफल बनाउनको लागि समय समयमा मेरो नाम जोडेर मलाई बदनाम गराई आफु राजनितिमा हाबी हुनखोजेको उनले आरोप समेत
लगाए।

मलाई ज्यानमार्ने धम्की आयो डाङी :

टेन्डरको विषयलाई लिएर आफुलाई बिहिबार बेलुका ज्यानमार्ने धम्की आएको पोखर सिङ डाङीले बताएका छन।
अपरिचित ब्यक्ती र नम्बरबाट बुुुधबार बेलुका आफुलाई ज्यानमार्ने धम्की आएको उनले बताए।

ज्यानमार्ने धम्कीदिने ब्यक्तीको नाम भने उनले बताएनन।
मलाई फोन मार्फत धम्कीदिने ब्यक्तीलाई आफुले नचिनेतापनी उसको फोन नम्बर आफुसग भएको बताउदै उनले आफ्नो जिउज्यानको सुरक्षाको लागि प्रशासन गुहार्ने बताएका छन।

डिल्ली खड्काले सामाजिक संजाल फेसबुकमा मेरो चरित्र हत्या गरेका कारण खड्काले कुनै ब्यक्ती प्रयोग गरेर  ज्यानमार्ने धम्की दिनलगाएको हुनसक्ने आफुले आशंखा गरेको डाङीले बताए।

आफुलाई ज्यानमार्ने धम्की आएको र चरित्र हत्या पनि  गरिएकोहुदा आफुले प्रहरी र प्रशासनमा गएर उजुरी तथा मुद्दा दर्ता गराउने डाङीले बताए।

 

यो पनि पढौ:

आफुमाथि हातपात भएको भन्दै प्रशासनमा उजुरि
 

फुमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा सहितका ब्यक्तीले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको हो।

गाउँपालिकाले आह्वान गरेको टेन्डरमा ठेक्का हाल्न जाँदा  हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो।

नदीजन्य पदार्थ उत्खननन्को बोलपत्र आह्वानमा आफूलाई प्रतिबन्ध गराउन हातपात गरेको डि खैरावाङ कन्ट्रक्सन प्रालिका सञ्चालक डिल्लीराज खड्काले बताएका छन।

गाउँपालिका अध्यक्षका छोरा पोखरसिहं डाँगी, अनमोल श्रेष्ठ र गाउँ प्रहरी रहेका केशव वलीको नेतृत्वमा रहेका ५० जना व्यक्तिले कार्यालयको गेटमा हातपात गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ।

प्रहरी प्रशासनको मिलेमतोमा ११ बजेर ५२ मिनेटदेखि १२ बजेर २ मिनेट जाँदासम्म आफ्नो नियन्त्रणमा लिई खुल्ला प्रतिस्पर्धाबाट विमुख बनाएको पनि उजुरीमा उल्लेख गरिएको छ। 

हातपात गर्नेहरूविरुद्ध सार्वजनिक स्थानमा हातपात गरेको मुद्दा लगाई उक्त दरभाउ पत्र टेन्डर रद्द गरी पुनः टेन्डर गर्न उजुरीमा माग गरिएको छ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले उक्त घटनाबारे आफूलाई थाहा नभएको र खड्का १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताए। 

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आफुकहा उजुरी आईसकेकोले उजुरी उपर छानबिन हुने बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top