होमपेज / समाज

सल्यानमा धर्म प्रचार गर्दै हिड्ने ४ जना पक्राउ

तिखो खबर २०७६ श्रावण ३१ गते शुक्रबार ११:२५:५७ मा प्रकाशित     १७८३ पटक हेरिएको

३१ साउन सल्यान :
धर्मप्रचार गरेको अभियोगमा सल्यान प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इसाई धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरिले तीन महिला र एक पुरुषलाई बिहिबार पक्राउ गरेको हो।

सल्यानको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि बिरेन्द्र बहादुर शाहिले बताएका छन ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कुमारी विक रहेको प्रहरिले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाईबल सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको छ।

पक्राउ परेका हरुलाई जबरजस्ती धर्म परिबर्तन सम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ।थप अनुसन्धानको लागि आज जिल्ला अदालत सल्यानमा म्याद थपाई प्रक्रिया अगाडि बढाईने बताएको छ।

उनिहरुलाई कम्तिमा ५ बर्ष सम्म जेल सजाय हुन सक्ने कानुनी ब्यबस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top