होमपेज / समाज

छत्रेश्वरि गाउँपालिका सल्यानका विरुद्ध उच्च अदालतमा परेको मुद्दा गाउँपालिकाले जित्यो।

सरुवा भयका शिक्षकलाई बिधालय जान अध्यक्ष केसि द्वारा निर्देशन।

तिखो खबर २०७५ फाल्गुण २ गते बिहीबार २१:५४:४५ मा प्रकाशित     २६३२ पटक हेरिएको

नाविन पौडेल/२ फागुन सल्यान 

छत्रेश्वरि गाउपालिका सल्यानका बिरुद्ध परेको मुद्दा आज गाउँपालिकाले जितेको छ।गाउँपालिकाले गरेका गतिबिधी विरुद्ध उच्च अदालत सुर्खेतमा परेको मुद्दा  गाउँपालिकाको पक्षमा आएपछि गाउँपालिकाले मुद्दा जितेको हो।

गाउँपालिकाले  केही समय अगाडि गरेका निर्णय अन्तरगत बिधालय घटुवा,शिक्षक छनौट,कर्मचारी छनौट,मेसेनरी सामान खरिद तथा गाउँपालिकाले गर्ने नियमित कामकाज कानुन सम्बत नभयको र  टेन्डर बिना मेसिनरी सामान खरिद गरियको भन्दै टोप बहादुर चन्द र चित्र बहादुर केसिले उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता गराएका थिए।

अदालतमा मुद्दाको पक्षबाट अधिबक्ता रबिन्द्र धिताल र विपक्षी  गाउँपालिकाको तर्फबाट अधिबक्ता डम्बर वलिको पटक पटकको बहसपछि न्यायाधीश दोए भानुभक्त शर्मा र नारायण प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको बिपक्षी गाउँपालिकाको पक्षमा निर्णय गरेको गाउँपालिकाका कानुनी सल्लाहकार डम्बर वलिले बताएका छन।

न्यायधीस दोएको संयुक्त इजलासले गाउँपालिकाले  नेपालको संविधान २०७२,स्थानीय सरकार संचालन एन २०७४,शिक्षा एेन २०२८,शिक्षा नियमावली २०५९ र गाउँपालिकाको राजपत्रको अधिकार प्रयोग गरि कामहरु गरेको हुनाले मुद्दाका पक्ष हरुसग मुद्दासग सम्बन्धित प्रमाणहरु नजुटेका कारण मुद्दाको रिट खारेज गरेको कानुनी सल्लाहकार वलिले बताए।

हामिले हरेक कामहरु कानुनमा टेकेर कानुन सम्बत गर्ने र गरेका छौ त्यसकारण मुद्दा जित्यौ गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए।गाउँपालिकाले कुनैपनि कामहरु गर्दा हरेक कानुन हरुको अध्ययन गरेर गर्ने गरेका कारण काम पश्चात् कानूनी समस्या नआउने उनले बताएका छन।
गाउँपालिकाले बिकास निर्माण तथा विभिन्न सामाजिक कार्यहरु उत्कृष्ट पुर्बक गरेका कारण केही समाज बिरोधि तथा बिकास बिरोधि ब्यक्तिहरुले मुद्दा तथा उजुरी गरेको कार्य निन्दनीय रहेको अध्यक्ष केसिले बताए।

यस अघि गाउँपालिकाले शिक्षक सरुवा गरेको विषयलाई लियए उच्च अदालत सुर्खेतमा परेको मुद्दापनि गाउँपालिकाले जितिसलेको छ।सरुवाको प्रक्रिया ठिक तथा कानुन सम्बद रहेको भन्दै सो मुद्दा पनि अदालतले गाउँपालिकाको पक्षमा गरेको थियो।गाउँपालिकाले सरुवा भयका अधिकांस शिक्षक हरु सरुवा भयको बिधालयमा पुगिसकेका छन,तर भानुभक्त उच्च माबि दमाचौरका शिक्षक हरु भने सरुवा गरियको बिधालयमा पुगेका छैनन।आफुलाई घर पाएक सरुवा नगरियको भन्दै उनिहरु बिद्यालय नगएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष सन्तोष केसिले गाउँपालिकाको पक्षमा अदालतले शिक्षक हरुको सरुवा ठिक छ भनी गरेको फैसला शिक्षकहरुले नटेरेको बताएका छन।हामिले सरुवा गर्दा उहाहरुको चित्त बुझेन र अदालत सम्म जानुभयो तर अदालतले गरेको फैसलाको उहाहरुले अबहेलना गरिराख्नु भयको छ अध्यक्ष केसिले भने।अध्यक्ष केसिले सरुवा भयका शिक्षक हरुलाई अदालतको फैसला स्विकार्दै तत्काल बिधालयमा जान आग्रह समेत गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top