होमपेज / समाज

दमाचौर खानेपानी विरुद्ध उच्च अदालतमा परेको मुद्दा गाउँपालिकाले जित्यो

  नबिन पौडेल २०७७ चैत्र १९ गते बिहीबार १३:१५:२७   १०९०० पटक हेरिएको

१९ चैत, सल्यान :
सल्यानको छत्रेश्वरी गाउँपालिका बिरुद्धको मुद्दा गाउँपालिकाले जितेको छ। उच्च अदालत सुर्खेतमा परेको मुद्दालाई वुधबार अदालतले गाउँपालिकाको पक्षमा फैसला गरेको हो।

गाउँपालिकाको वडा नम्बर १ स्थित दमाचौर खानेपानी योजना बाट स्थानियलाई बाधा पुग्ने भन्दै उच्च अदालतमा दर्ता गरेको रिट निवेदन खारेज गर्दै अदालतले फैसला गरेको हो । 

चैत १८ गते उच्च अदालतका न्यायाधिश राजेन्द्र सुवेदी र न्यायाधीश राजेन्द्र खरेलको संयुक्त इजलाशले रिट निवेदन खारेज गरेको गाउँपालिका का कानुनी सल्लाहकार डम्बर ओलिले बताए।

दमाचौरमा खानेपानी आपूर्तिको लागि खानेपानी योजना कार्यान्वयन गर्ने क्रममा स्थानीय दिलमान चन्द लगायत ९ जनाले गाउँपालिका अध्यक्ष, कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्का, वडा अध्यक्ष नेव बहादुर शाहका विरुद्ध रिट हालेका थिए ।

यसभन्दा अगाडि उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । खानेपानी योजनाको चरम समस्या भएको दमाचौरमा खानेपानी आपुर्ती गर्नका लागि १ करोड ६५ लाख रकम विनियोजन गरिएको छ । यो सङ्गै बजेट विनियोजन गरिएको लान्ती खानेपानी योजनाको शिलान्यास भैसकेको छ भने दमाचौरको योजना मुद्दाकै कारण रोकिएको छ ।

दिलमान चन्द लगायतले हालेको मुद्दाका विरुद्ध स्थानिय हरु नै थिए । उच्च अदालतको यो फैसलाले योजना कार्यान्वयन गर्न बाटो खोलेको र अब छिट्टै दमाचौरमा खानेपानी समस्या समाधान हुने गाउँपालिका अध्यक्ष सन्तोस केसिले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top