होमपेज / समाज

भोलीदेखि ४ दिन देशभरका बिद्यालय बन्द गर्ने सरकारको निर्णय

  नबिन पौडेल २०७७ चैत्र १६ गते सोमबार १५:१३:१२   २०२० पटक हेरिएको

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले मंगलबारदेखि शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ । लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top