होमपेज / समाज

१८ औं ज्याेतिष, वास्तु तथा अध्यात्म सम्मेलन चैत्र २१ र २२ गते दाङमा हुने

  तिखो खबर खबर डेस्क २०७७ चैत्र ९ गते सोमबार १९:००:३४   १६३० पटक हेरिएको

श्रवण देवकोटा / ९ चैत, दाङ :
दाङकाे धार्मिक सांस्कृतिक पर्यटनकाे विकास र विस्तारमा याेगदान गर्ने उदेश्यले नेपाल ज्याेतिष परिषदकाे आयोजनामा १८ औं ज्याेतिष वास्तु तथा अध्यात्म सम्मेलन  हुने भएको छ। यहि चैत्र २१ र २२ गते दाङकाे घाेराहीमा सम्मेलन हुने भएको हो । नेपाल पत्रकार महासंघकाे भवन घाेराहीमा भएकाे पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराइएको हाे । 
सम्मेलन लुम्बिनी प्रदेशका मुख्य मन्त्रीबाट समुउद्घाटन एबं नेपाल संस्कृत विश्वबिद्यालयका उपकुलपति बाट समापन हुने बताइएको छ । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ४५० भन्दा बढी ख्यातिप्राप्त  सुप्रसिद्ध विशिष्ट ज्याेतिषीहरुकाे सहभागिता रहने जनाएकाे छ । सम्मेलनले लुम्बिनी प्रदेशकाे धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्याेतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक सह- प्राध्यापक डा. अर्नुन प्रसाद भट्टराईले बताए।

सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनकाे भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु अनुसार गृह निर्माणमा मूलद्वारकाे भुमिका विषयहरुमा छलफल हुने बताएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले हाम्रो धर्म र संस्कृतिलाई व्यवस्थित गर्न र संरक्षणमा सम्मेलनकाे महत्त्वपूर्ण भुमिका रहने बताए।

ज्याेतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफानकाे स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमकाे अध्यक्षता ज्याेतिष परिषदका केन्द्रीय सचिव सह प्राध्यापक डा. अर्जुन प्रसाद भट्टराईले गरेका थिए । प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, बिशिस्ट अतिथि ज्याेतिष परिषदका केन्द्रीय सदस्य केशव गाैतम, ज्याेतिष परिषद लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली, ज्याेतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान अतिथिहरुमा ज्याेतिष परिषद जिल्ला कार्यसमिति दाङका अध्यक्ष कपिलदेव सुवेदी, ज्याेतिष परिषद लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा, ज्याेतिष परिषद घाेराही नगर कार्यसमितिका अध्यक्ष  ढुण्डीराज खनाल, ज्याेतिष परिषद तुलसीपुर नगर 

कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद देवकोटा रहेका थिए। कार्यक्रमकाे सहजीकरण ज्याेतिष परिषद जिल्ला कार्यसमिति दाङका सदस्य सन्जीव देवकोटाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top