होमपेज / समाज

करेन्ट लागेर गम्भीर घाइते भएका लोकमानलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगियो

  नबिन पौडेल २०७७ चैत्र ८ गते आइतबार २०:०३:२०   ४४३० पटक हेरिएको

८ चैत, सल्यान :
नेपाल टेलिकम सल्यानका कर्मचारी लोकमान ओलि करेन्ट लागेर घाइते भएका छ्न। ४५ बर्षिय ओलिलाई आईतवार दिउसो छत्रेश्वरी गाउँपालिकाकाे भाेटेचाैरमा टेलिफाेन जडान गर्ने क्रममा करेन्ट लागेकाे हाे ।

करेन्ट लागे लगतै छत्रेश्वरी गाउँपालिकाकाे एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पुर्याएको थियाे । जिल्ला अस्पताल सल्यानबाट उनलाइ थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टर मार्फत काठमाडाैं रिफर गरिएकाे छ । घाइते ओलीकाे छाती, खुट्टा लगाएतकाे शरिरकाे भाग जलेकाे छ ।

टेलिफोनको तार तान्न छत्रेश्वरी गाउँपालिकाकाे आयुर्वेद तथा भेटनरी शाखाको छतमा गएका ओलिलाई टेलिफाेन जडान गर्ने तार र बिधुतको तार टच हुदा करेन्ट लागेको हो। 

ओलीले टेलिफाेन तारकाे एकातिरकाे भाग समातेका थिए भने अर्का कर्मचारीले तारकाे अर्काे भाग समातेर बिजुलीकाे तारभन्दा माथीबाट अर्काे साइटतिर फाल्दै थिए । साेहि क्रममा उक्त तारले ३३ केबी प्रशारणकाे बिजुलीकाे नांगाे तारलाइ छुँदा एक साइटकाे तार समातेका ओलीलाइ करेन्ट लागेकाे प्रहरिले बताएको छ। घाइते ओली छत्रेश्वरी गाउँपालिका २ दहखाेला घर भइ हाल श्रीनगरमा बसाेबास गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top