होमपेज / समाज

सल्यानको छत्रेश्वरि गाउँपालिकाको नवौं गाउँसभा तथा हिउदे अधिबेशन सम्पन्न

  नबिन पौडेल २०७७ चैत्र ४ गते बुधबार २०:०५:४४   २८४० पटक हेरिएको

४ चैत, सल्यान :
सल्यानको छत्रेश्वरि गाउँपालिकाको नवौं गाउँसभा तथा हिउदे अधिबेशन सम्पन्न भएको छ। आइतबार गाउँपालिका कार्यालयमा गाउँसभा तथा अधिबेशन सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष सन्तोष केसिको अध्यक्षमा सम्पन्न गाउँसभा तथा हिउदे अधिबेसनमा विभिन्न निर्णय गरिएको छ। सभामा अर्धवार्षिक समिक्षा गरिनुका साथै यस आर्थिक बर्षको सुरुवातदेखी हालसम्म वडा कार्यालयबाट भएका कामहरुको बारेमा वडा अध्यक्षहरुले जानकारी गराएका थिए।  

चालू आर्थिक बर्षको सुरुवातदेखि अहिलेसम्म भएको खर्च बिवरण सम्बन्धि छलफल गरिनुका साथै केही निर्णय गरियको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहालले बताए। आर्थिक ब्यबस्थापनलाई थप पारदर्शी, जवाफदेहीता, सु-ब्यबस्थित गर्नेगरी सहमतिका साथ महत्त्वपूर्ण निर्णय गरिएको उनले बताए।

सभाले योजनाहरु संसोधन समेत गरेको छ। वडा तथा गाउँपालिका कार्यालयबाट बिनियोजित बजेट तथा विभिन्न योजना हरु संसोधन गरिएको गाउँपालिका उपाध्यक्ष सीता केसिले बताइन। योजना र लागत रकम हेरेर केही शिर्षकमा बिनियोजित बजेट र योजनाहरु संसोधन गरिएको उनले बताइन।

गाउँसभाले तीन प्रकारका ऐन हरु पारित गरेको छ। बातावरण संरक्षण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७, छत्रेश्वरि गाउँपालिका शिक्षा ऐन २०७७ र छत्रेश्वरि स्वास्थ्य तथा सरसफाइ ऐन २०७७ पारित गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छ्न। गाउँपालिका कार्यालयबाट काम गर्न सहज र कानुनी प्रक्रिया पुर्याउनका लागि थप ३ प्रकारका ऐन पारित गरिएको उनले बताए।

गाउँसभा सदस्य हरुबाट उठाएका प्रश्न हरुको जवाफ दिदै अध्यक्ष केसिले सानो बजेटले पनि गुनात्मक रुपमा ठूलो काम गरेको बताएका छ्न। हामिले सानो रकमले पनि आफ्नै घरमा काम गरेजस्तो गरेर काम गरेका छौ" उनले भने,। गाउँपालिकाले हरेक कामहरु उत्कृष्ट गरेको बताउदै सहयोग गर्ने सबैप्रती धन्यवाद ब्यक्त गरेका छ्न। काम सानो होस या ठूलो हामी सबैले मेहनतका साथ पारदर्शी रुपमा सम्पन्न गरेका छौ" र गर्नेछौ उनले भने।

चालु आर्थिक बर्षका सम्पुर्ण कामहरु समयमै सम्पन्न गर्न सम्पुर्ण गाउँसभा सदस्य हरुले प्रतिबद्धता जनाएका छ्न। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top