होमपेज / समाज

सल्यान काभ्राकी कविता बोहराको हत्यारा पक्राउ, प्रेम प्रस्ताव स्वीकार नगरेपछि हत्या

  नबिन पौडेल २०७७ चैत्र ३ गते मंगलबार १७:०९:०४   ८९३० पटक हेरिएको

३ चैत, सल्यान :
सल्यान काभ्राकी कबिता बोहराको हत्या गर्ने ब्यक्ती पत्ता लागेका छ्न।
एक वर्ष अघि हत्या भएकि कविता बोहराको हत्याको सम्वन्धमा सल्यान प्रहरीले हत्या गर्ने ब्यक्ती पक्राउ गरेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्याराको बारेमा खुलासा गरेको हो ।

 २०७६ फागुन २ गते भ्यालेन्टाइन दिवसको मध्यराति करिब १ बजेको समयमा बोहराको हत्या गरिएको थियो । विगत १३ महिनादेखि प्रहरीको  गहिरो अनुसन्धान पश्चात प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । 

एक पक्षीय प्रेममा परेका स्थानीय युवकले कविताको हत्या गरेको प्रहरीले बताएको छ । बोहराको हत्या गर्ने व्यक्ति तल्लो काभ्रा निवासी १६ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोबिन्द थापाले बताए।

युवकले कविता बोहरालाई एक पक्षीय रुपमा प्रेम गर्ने र बारम्बार प्रेम प्रस्ताव गर्ने गरेको तर कविता अर्कै व्यक्ति सँग प्रेममा रहेको कुरा थाह पाएपछि उनले कविताको हत्या गरेको युवकले बयानमा बताएका छन् । युवक स्थानीय विद्यालयमा कविता भन्दा एक कक्षा माथि १० कक्षामा अध्ययनरत रहेका थिए । ति ब्यक्तिले बारम्बार कबितालाई प्रेम प्रस्ताव गरेका  थिए। तर कबिताले कुुुनै मतलब गरेकी थिइनन। हत्या गर्ने व्यक्ति मृतक कविताको दिदिको गाउँले छोरा (भतिज) नाता पर्ने बताएको छ । कविता र युवकको घर करिब १० मिनेट समयको दुरीमा रहेको कविताका बुवा खड्क बहादुर बोहराले बताए। छोरिको हत्यारा पत्ता लगाउने प्रहरीलाई उनले धन्यवाद ब्यक्त गरेका छ्न।

 
बोहराको हत्या गर्ने व्यक्ति १८ वर्ष मुनीको भएको हुँदा अदालतको आदेश अनुसार सुधार गृह नेपालगन्जमा पठाएको प्रहरीले बताएको छ । घटना भए पश्चात संघीय प्रहरी, नेपालगन्ज प्रहरी तालीम केन्द्र, प्रदेश प्रहरी, सिआइबी र सल्यान प्रहरीको गहिरो अनुसन्धान पश्चात घटना निचोडमा पुगेको डिएसपी थापाले बताए।

प्रहरी निरीक्षक ओलि सम्मानित :
पत्रकार सम्मेलनकै बीच बोहरा हत्या प्रकरण समाधान गर्न अहम् भुमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक लक्ष्मण वलीलाई कदर पत्रका साथ सम्मान गरिएको छ । 

यो घटनाको प्रमुख अनुसन्धान अधिकृतको रुपमा उनले आफ्नो दृढता र अठोटका साथ आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै प्रहरी नायव उपरीक्षक थापाले उनलाई बधाइ तथा धन्यवाद दिएको थिए ।अहिले प्रहरीलाई सफलता प्राप्त भएको प्रति खुशी व्यक्त गर्दै डिएसपी थापाले बेला बेलामा झकझक्याइ रहने सन्चारकर्मी हरुलाई पनि धन्यवाद दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top