होमपेज / समाज

छत्रेश्वरि शक्तिपिठमा रहेको धर्मशालाको उद्घाटन सम्पन्न •

  नबिन पौडेल २०७७ फाल्गुण २८ गते शुक्रबार ०७:३२:२०   २४६० पटक हेरिएको

२८ फागुन, सल्यान :
सल्यानको छत्रेश्वरि शक्तिपिठमा रहेको नया धर्मशालाको उद्घाटन गरिएको छ। ८ कोठे भबनको महाशिबरात्रीको अबसर पारेर शनिबार उद्घाटन गरिएको हो।तत्कालिन जिल्ला बिकास समिती सल्यानले केही संरचना बनाएर छाडेको धर्मशाला गाउँपालिकाले निर्माण सम्पन्न गरेको हो। धर्मशालाका सम्पुर्ण कोठाहरुमा स्थरिय ब्यबस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहालले बताएकाछ्न। 

उक्त धर्मशाला उद्घाटन मन्दिरमा रहेका महाराज उमेस गिरि, नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, गाउपालिका अध्यक्ष सन्तोष केसिले गरेका हुन।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसमा निबर्तमान केन्द्रिय सदस्य डिल्लिराज रेग्मीले धर्मशाला निर्माणले मन्दिरमा आउने भक्तजनहरुलाई निकै सहज हुने बताएका छ्न ।भक्तजनहरुलाई विश्राम गर्न र बाँस बस्न अब कुनै समस्या नहुने उनले बताए। गाउँपालिकाले गरेको कार्यको प्रासंसा गर्दै रेग्मिले शुभकामना दिए। 

गाउँपालिका अध्यक्ष सन्तोष केसिले धर्मशाला निर्माण भक्तजनहरुको वृद्धि हुने बताए। मन्दिरमा पुग्ने भक्तजनका निम्ति सम्पूर्ण सुबिधा उपलब्ध गराउने प्रयासमा रहेको उनले बताए। मन्दीरमा विभिन्न खाले संरचना निर्माण हुने र सबैले सहयोग गर्नुपर्ने अध्यक्ष केसिले बताए।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सीता केसिले गाउँपालिकाले धार्मिक क्षेत्रमा लगानी गरिरहेको बताइन। उक्त कार्यक्रममा हरि देबकोटाले स्वस्ती वाचन गरेका थिय। धर्मशालाका प्रत्येक कोठाहरुलाई स्तरिय बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top