होमपेज / समाज

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र थापा भिड्दै

  नबिन पौडेल २०७७ फाल्गुण १९ गते बुधबार १६:२४:५४   ५७१० पटक हेरिएको

१९ फागुन, सल्यान :
सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिका बमोजिम बुधबार दुबै प्यानलले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन । 

नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त समर्थनबाट कुमार बुढाथोकीले र माधव प्रचन्ड नेतृत्वको नेकपाको समर्थनबाट राजेन्द्र थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छ्न।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट उम्मेदवारी पेश गरेका छन । 

माधव प्रचन्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भन्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोक कुमार बोहोरा र सचिवमा बिकास डिसिले उम्मेदवारी दर्ता गरेका छन ।

यसको साथै तीन जना महिला सदस्य, एक जना दलित सदस्य, एक जना जनजाती सदस्य, एक जना अल्पसंख्यक सदस्य, सात जना खुल्ला सदस्य र एक जना वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन । 

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको  । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top