होमपेज / समाज

न्यायाधीसकि श्रीमती ब्राउन सुगरसहित पक्राउ

  तिखो खबर २०७७ फाल्गुण १६ गते आइतबार १९:५१:३५   २८९० पटक हेरिएको

१६ फागुन, दाङ :
न्यायधिसकी श्रीमति दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र राखेको अवस्थामा प्लाष्टिकसहित तौलगर्दा २.२२ ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी सिंहले बताए ।

इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कूटरमा प्रतिबन्धित लागुऔषध बरामद बरामद गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधिसका रुपमा कार्यरत छन् ।पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्यपनि हुन ।

पक्राउ परेकी पोखरेलले आफुलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहाँ नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् ।पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top