होमपेज / समाज

सल्यान जेसिजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  नबिन पौडेल २०७७ माघ १७ गते शनिबार ०८:१३:२२   १७५० पटक हेरिएको

१७ माघ, सल्यान :
सल्यान जेसिसको वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सल्यान जेसिसको वर्ष २०२१ का लागि अध्यक्ष मोहन सारुको अध्यक्षतामा भएको कार्यक्रममा २०२१ का नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष हपिस भण्डारी, मोहन डाँगी, महासचिव दीपक बोहरा, उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्ष गणेश बिश्वकर्मा र सचिव आशिष केसी लाई निर्वाचन समितीका संयोजक राजेन्द्र कुमार थापा ले सपथ खुवाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री प्रकाश ज्वालाले सल्यानमा जेसिजलाई सामाजिक कार्यमा अग्रसरता लिइ एउटा नमुना संस्थाको रुपमा पहिचान बनाउन आग्रह गरेका छ्न। महामारीको रुपमा आएको कोरोना भाइरसको त्रासमा रहेका दैनिक मजदुरी गरिखाने बर्गलाई सल्यान जेसिसले गरेको राहत बितरणले एउटा अब्बल संस्थाको रुपमा आफुले बुझेको उनले बताए ।

सल्यानको श्रीनगरमा भएको पद हस्तान्तरण कार्यक्रममा जेसिज २०२०का राष्ट्रिय कार्याकारी उपाध्यक्ष लालमणि भण्डारीले सल्यान जेसिज लाई त्रिभुवननगर जेसिजले ४ बर्ष अगाडि एउटा शिशुको रुपमा दिएकोले यसलाई हुर्काउन सल्यानका आम युवाहरुले महत्वपूर्ण भुमिका खेलेको बताए । समाज सेवाका लागी एउटा संस्थाले कस्तो भुमिका खेल्छ भन्ने कुरा कोरोना महामारीमा नेपालभरीका जेसिजमनहरुले खेलेको सहयोगको भुमिका बाट पुष्टि भएको उनको भनाई थियो।

कार्यक्रममा वर्ष २०२० का अध्यक्ष घनश्याम अधिकारीले योजना अनुसारको काम सम्पन्न गर्न सफल भएको भन्दै सबै सहयोगिहरुलाई बधाई दिएका थिए । कोभिड महामारीमा पनि वर्ष २०२० ले जेसीसको उदेश्य प्राप्तीमा सफल भएको उनले बताए । २०२०का अध्यक्षले उपस्तिथि सम्पुर्ण अतिथिहरु लाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top